६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

नेपाल आज बङ्गलादेश हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो ।

नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बङ्गलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् ।

नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । यस्तै, साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बङ्गलादेशका लागि बलिङमा एमडी रुबेलले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले पराजय व्यहोरेको थियो । रासस