२४ असार २०८३, बुधबार
,
Latest
मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी ‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ बर्ष पछि अभियुक्त पक्राउ



अ+ अ-

भक्तपुर । कर्तब्य ज्यान मुद्धाका एक फरार अभियुक्त १८ बर्ष पछि आज भक्तपुरबाट पक्राऊ परेका छन् । काठमाडौं महानगरपालिका ३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्या गरी फरार भएका भक्तपुर नगरपालिका२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका३ घर भएका ३८ वर्षीय भिमसेन भण्डारीलाई भक्तपुर नगरपालिका २ स्थित बसपार्कबाट आज प्रहरीले पक्राउ गरेको हो ।
गत २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका३४ महादेबस्थान टोलमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले पक्राउ गरेको हो ।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र सो पश्चात लुकिछिपी भक्तपुर जिल्लामा अस्थाई सहचालकको रुपमा बिभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको प्रहरीले जनाएको छ । भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको ब्यूरोले जनाएको छ ।




भर्खरै