१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतसँग पराजित, फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको नजिता पर्खनुपर्ने



अ+ अ-

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपालले भारतसँग १–० को पराजय ब्यहोरेको हो ।

भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले गरिन् ।  उनले खेलको ६७ औ मिनेटमा गरेकी हुन् । 

पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ । 

फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो ।

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनुपर्ने भएको छ । 

बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । 

यता, नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।