४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ



अ+ अ-

नेपालगञ्ज (बाँके), ४ भदौः जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय तोकिएपछि फरार रहेका २२  प्रतिवादीलाई एक साताको अवधिमा पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरीले गत साउन २३ देखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल रु एक लाख ६७ हजार जरिवाना असुल गरिएको छ ।

उहाँले भन्नुभयो, “अदालतबाट फैसला भई सजाय तोकिएर पनि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको छ । पक्राउ परेकाहरूबाट जरिवाना असुल गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।”

उहाँका अनुसार पक्राउ परेका २२ प्रतिवादीलाई अदालतले कुल चार वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियान गत वर्षदेखि नै निरन्तर सञ्चालन गर्दै आएको छ ।

फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता बढेसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रमसमेत बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।

अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका कतिपय व्यक्ति आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न हुने गरेको पाइएकाले उनीहरूको खोजी तथा पक्राउ अभियानलाई प्राथमिकता दिइएको छ ।रासस