४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि आफूले उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पारेका छन्। उनले आफूले कसैको मानमर्दन नगरेको दाबी गर्दै त्यसो लागेको भए अदालत गएर मुद्दा हाल्न चुनौती दिएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीका स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा आफूले उठाएको प्रश्नको जवाफ खोज्नुपर्ने बताए।

उनका अनुसार समितिले प्रहरीको खरिद प्रक्रियासँग सम्बन्धित विषयमा १५ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन भनेको थियो। तर, त्यसको जवाफ आएको वा नआएकोबारे उनले प्रश्न उठाए।

‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन?’ उनले प्रश्न गरे।

सुनारले सोही अवधिमा प्रहरीले करोडौँ रुपैयाँका नयाँ टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि थप प्रश्न उठाएका छन्। उनले प्रहरी मुख्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए।

यसअघि समितिको बैठकमै आईजीपी कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन हुनुपर्ने धारणा राखेपछि सुनारको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको थियो। त्यसपछि आईजीपी कार्कीले गृहमन्त्री सुधन गुरुङ र सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए।

बिहीबारको बैठकमा सुनारले त्यही प्रसंग दोहोर्‍याउँदै आफूले उठाएको प्रश्नमा अडिग रहेको बताए। ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।

आफ्नो अभिव्यक्तिले कसैको व्यक्तिगत मानमर्दन गर्ने उद्देश्य नरहेको स्पष्ट पार्दै सुनारले कानुनी बाटो अपनाउन चुनौती दिए।

कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,’ उनले भने, ‘कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’
संसदीय समितिको बैठकमा आएर सांसदसँग प्रत्यक्ष विवाद वा जुहारी गर्ने शैली उचित नभएको उनको भनाइ थियो।

सार्वभौम संसदीय समितिमा उपस्थित भएर मर्यादित ढंगले विषयको जवाफ दिनुपर्नेमा उनले जोड दिए।
सुनारले प्रहरीको खरिद प्रक्रिया, त्यससँग सम्बन्धित कागजात र बिचौलियाको प्रभावबारे उठाइएका प्रश्नको तथ्यसहित जवाफ दिनुपर्ने बताएका छन्।