१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठा मन्दिर, जहाँ पुरुषलाई प्रवेश निषेध छ



अ+ अ-

काठमाडौं । देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् ।

केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । यो मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् ।

केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश निषेध छ । त्यहाँ नारीपूजा नामक वार्षिक अनुष्ठान हुन्छ । जुन अनुष्ठानमा पुरुष पुजारीहरुले १० दिनदेखि व्रत गरिरहेका महिला भक्तजनको पाउ धुन्छन् । उक्त दिनलाई धनु भनिन्छ । नारीपुजाका बेला केवल महिलाहरुलाई मात्र मन्दिर भित्र जाने अनुमति हुन्छ ।भारतको राजस्थानस्थित पुष्करमा रहेको ब्रम्हा मन्दिर विश्वको एकमात्र ब्रम्हा मन्दिर हो । यो १४ औँ सताब्दीमा बनेको हो । उक्त मन्दिरमा विवाहित पुरुषलाई जान बर्जित छ ।

भारतको तमिलनाडुस्थित कन्याकुमारी सहरमा रहेको भगवती मन्दिरमा विवाहित पुरुषलाई जान निषेध छ । केवल सन्यासी पुरुषहरु मात्र उक्त मन्दिरको ढोकासम्म जान पाउँदछन् । तर भित्र छिर्न भने पाउँदैनन् ।विहारको मुजफ्फरपूरुमा रहेको माता मन्दिरमा पनि वर्षका केही दिन विशेष पुजाका बेला पुरुषको प्रवेश निषेध गरिन्छ र केवल महिलाहरु मात्र मन्दिरमा जान्छन् ।

महाराष्ट्रको नासिकमा रहेको त्रयम्बकेश्वर मन्दिरको गर्भगृहमा पनि पुरुषहरुलाई जान निषेध छ ।भारतको आसाममा रहेको कामरुप कामाख्या मन्दिरमा रजश्वला उत्सव मनाइन्छ । त्यसबेला मन्दिरमा पुरुषको प्रवेशमा रोक लगाइन्छ । त्यसबेला केवल महिला सन्त तथा सन्यासी महिलाहरुले मात्र मन्दिरमा पुजा गर्दछन्