२ भाद्र २०८३, मंगलवार
,
Latest
किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाउनुभएको हो । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्नुभयो । मुलुकमा व्याप्त भनिएको गुण्डाराजका विषयमा टिप्पणी गर्दै उहाँले सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरू भइरहेको दाबी गर्नुभयो ।

प्रतिपक्षले आवाज उठाउँदा गुण्डाको संज्ञा दिनु शोभनीय नभएको उहाँको तर्क छ ।  सांसद खातुनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन । हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ ।’

आफ्नो सम्बोधनका क्रममा उनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयलाई लिएर सरकारको जवाफदेहिता माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै