१ भाद्र २०८३, सोमबार
,
Latest
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री



अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गर्नुभयो । मन्त्री यदवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

यसका लागि नयाँ राष्ट्रिय रोजगार नीति र राष्ट्रिय रोजगार प्रवद्र्धन ऐन निर्माणको प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनु भयो । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाई परिचालन गरेको मन्त्रीले उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार गुणस्तरीय सीप विकासका लागि ३९० घण्टाको तालिमलाई अनिवार्य गर्ने नीति लिइएको छ । चालु आर्थिक वर्षदेखि सातै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने र श्रम बजारको मागअनुसार ‘केयर इकोनोमी’ तथा डिजिटल रोजगारीका क्षेत्रमा करिव एक दर्जन कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय प्रशिक्षार्थी (अप्रेटेन्ससिप) कार्यक्रम, मागमा आधारित सिप विकास र सुकुम्वासी लक्षित सीपमूलक कार्यक्रम यसै वर्षदेखि थालनी गरिएको मन्त्रीको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप प्रमाणीकरण गरी उनीहरूको पुँजी र सिपलाई स्वदेशी उत्पादनसँग जोड्ने नीति सरकारले लिएको छ ।

वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रणका लागि मन्त्रालयले ‘अपरेशन इलिगल एजेन्ट क्लिनअप’ एप र ‘उजुरी डट एफई डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रीका अनुसार श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाई दुई घण्टाभित्रै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।
विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सम्बन्धित दुतावास र वैदेशिक रोजगार बोर्डमार्फत समन्वय भइरहेको मन्त्रीले स्पष्ट पार्नुभयो ।