१ भाद्र २०८३, सोमबार
,
Latest
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्युनिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले गत २७ साउनमा रोल्पामा गएको पहिरो गई १३ जनाको मृत्यु भएको उल्लेख गर्नुभयो ।

सांसद पुनले साउन २८ गते सुनसरी गाउँपालिकाको ग्राम क्षेत्रमा थप थप ४ जनाको मृत्यु भएको बताउनु भयो । ३० साउनमा पहिरोमा परी एक जनाको मुत्य भएको उहाँले उल्लेख गर्नुभयो । सांसद पुनले पुनले सो विषयमा प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेरै ध्यानाकर्षण गराएको समेत बताउनु भयो । उहाँले मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेको उपचारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैसरी नेकपा सांसद बलावती शर्माले मनसुन सक्रिय भएसँगै बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको तथा घर पहिरोको उच्च जोखिममा परेको बताउनु भयो । उहाँले पहिरोका कारण धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र टिका घर्तीको घरमा क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पहिरो र बाढीको जोखिम नियन्त्रणका लागि तयारीमा जुट्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रभावितको बासस्थानको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गरानउनु भयो ।

त्यसैगरी सांसदहरुले बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेको भन्दै उक्त समस्याको हल गर्न समेत सरकारको ध्यानाकर्षण गराए । –न्युज एजेन्सी नेपाल