३१ श्रावण २०८३, आईतवार
,
Latest
पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलताको मापदण्ड बनाइँदा दलहरू असफल मान्छे उत्पादन गर्ने कारखानाजस्तो बन्ने टिप्पणी गर्नुभएको छ ।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा मात्रै राजनीतिक सफलता मापन गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलभित्र पद र शक्तिलाई सफलताको मुख्य आधार बनाइएकाले अधिकांश नेता असन्तुष्ट र निराश रहेको दाबी गर्नुभयो । पदमा रहेका व्यक्ति पद गुम्ने चिन्तामा र पदबाट बाहिरिएका व्यक्ति पुनः पदमा पुग्न नसकिने चिन्तामा रहेको उहाँको भनाइ थियो ।

“कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने आधारमा मात्रै नाप्ने हो भने नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मान्छे उत्पादन गर्ने कारखाना हो,” थापाले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलमा पद र शक्तिलाई नै राजनीतिक सफलताको मापदण्ड बनाउने प्रवृत्ति देखिएको बताउनुभयो । “५ पटक भएको मान्छे ६ औँ पटक बन्ला कि नबन्ला भन्ने निराशामा छ । ५ पटक प्रधानमन्त्री भएको मान्छे पनि ६ औँ पटक किन बन्न पाइनँ भनेर दिक्दार छ,” उहाँले भन्नुभयो ।

थापाले राजनीतिक सफलताको परिभाषा परिवर्तन नगरेसम्म राजनीतिक संस्कारमा थप विचलन आउने चेतावनी दिनुभयो । पुरानो पुस्तासँगै नयाँ पुस्तामा समेत संघर्षभन्दा प्राप्तिलाई बढी महत्व दिने प्रवृत्ति बढेको उहाँको भनाइ थियो ।

“पहिला कम्तीमा संघर्षको कथा छ, त्यो संघर्षपछि केही प्राप्तिका कुरा छन् । अब त संघर्षको कथालाई पनि माइनस गरेर प्राप्तिको कुरा मात्रै छ,” उहाँले भन्नुभयो ।

सभापति थापाले राजनीतिक दलको ‘आत्मा’ नेताका घरमा नभई पार्टी निर्माणका लागि लामो समय संघर्ष गरेका परिवारहरूको इतिहासमा खोजिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसमा योगदान गरेका परिवारहरूको इतिहास खोजेर उनीहरूलाई पुनः पार्टीसँग जोड्न आफू इच्छुक रहेको उहाँले बताउनुभयो ।

उहाँले सञ्चारमाध्यमलाई समेत राजनीतिक पद र शक्तिमा रहेका व्यक्तिका अभिव्यक्तिलाई मात्रै केन्द्रमा नराख्न आग्रह गर्नुभयो । राजनीतिक दल र समाज निर्माणमा योगदान गरेका व्यक्ति तथा परिवारका संघर्षका कथालाई पनि प्राथमिकताका साथ सार्वजनिक बहसमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।




भर्खरै