४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक घट्दै कोरोना संक्रमितको संख्या, शुक्रबार ७७ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९८१ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १८९ जना संक्रमणमुक्त भएका छन् । 

शुक्रबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।