२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान



अ+ अ-

काठमाडाैँ । धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

धनुषका विभिन्न व्यक्तिहरुले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उहाँका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो । सो मुद्दासम्बन्धी धनुषा जिल्ला अदालत जनकपुरधाममा भएको थुनछेक बहसपश्चात् अदालतका न्यायाधीश हिरामाया अवालको इजलाशले तीनै जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ जनाको मुद्दामध्ये छ वटा मुद्दामा बहस सकेर पुर्पक्षका लागि तीनै जनालाई कारागार पठाउने आदेश भएको र थप तीन वटा मुद्दामा आज पनि सुनवाइ भइरहेको छ । अदालतको आदेशसँगै पुर्पक्षका लागि गोपाल र उहाँका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । –