२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव



अ+ अ-

काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रमबजारलाई युवामैत्री, आकर्षक र मर्यादित बनाउन सरकारले गम्भीर रूपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिका–३ मदनगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्दै मन्त्री यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी रोजगारीलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको उल्लेख गर्दै त्यसअनुरूप स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने लक्ष्य लिएको बताउनुभयो ।

मन्त्री यादवले नेपालको श्रमबजारलाई युवामैत्री बनाउन सरकारले विशेष पहल गरिरहेको जानकारी दिनुभयो । बदलिँदो श्रमबजारको माग र श्रमिकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पहिलोपटक श्रमनीति निर्माणको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार रोजगारीका अवसर, आवश्यक योग्यता तथा सीप र श्रमबजारको मागसम्बन्धी सूचनालाई एकीकृत गरी रोजगारदाता तथा रोजगारीको खोजीमा रहेका व्यक्तिबीच अर्थपूर्ण संवाद गराउने उद्देश्यले ‘श्रम संसार’ प्रणालीको स्तरोन्नति गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको अधिकार संरक्षणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले श्रम तथा रोजगार कार्यालयबाट सम्पादन हुने सेवा तथा कार्यलाई गुणस्तरीय र चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

श्रम तथा रोजगार कार्यालयका प्रमुख निरजकुमार देवले नवनिर्मित कार्यालय भवन रु पाँच करोड ३६ लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो ।