२९ श्रावण २०८३, शुक्रबार
,
Latest
वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको बताउनुभयो । उहाँले आगामी मलेसिया भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको जानकारी दिँदै युवा र अनुभवी खेलाडीबीचको सन्तुलन नेपाली टोलीको बलियो पक्ष भएको उल्लेख गर्नुभयो ।

मलेसियाको पिच स्पिनमैत्री हुनसक्ने भन्दै प्रशिक्षक लले त्यसबाट नेपाली टोलीले फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कप्तान सन्दीप लामिछानेसँगको सहकार्यमा बलियो टोली मैदानमा उतार्ने लक्ष्य रहेको बताउनुभयो ।

नेदरल्याण्ड्स भ्रमणको समीक्षा गर्दै उहाँले त्यहाँको नतिजा अपेक्षाअनुसार आउन नसके पनि त्यसबाट महत्वपूर्ण पाठ सिकेको बताउनुभयो । टसको भूमिका र दबाबका बीच सही निर्णय लिन नसक्दा टोलीले केही खेलमा हार व्यहोर्नुपरेको उहाँको भनाइ थियो ।

नेपाली टोलीको पछिल्लो प्रदर्शन र नेतृत्व परिवर्तनबारे प्रशिक्षक लले भन्नुभयो, ‘परिवर्तनले सधैं नयाँ युगको सङ्केत गर्छ । नयाँ कप्तान र ऊर्जावान् खेलाडीहरूको समूहका साथ हामी यो सुरुवातलाई उत्कृष्ट बनाउन चाहन्छौं । नेतृत्वमा आउने नयाँ अनुहारले फरक सोच, फरक शैली र नयाँ अपेक्षा लिएर आउँछ । यसले मैदानमा मनोरञ्जनात्मक र गुणस्तरीय क्रिकेट प्रदर्शन गर्न मद्दत पुग्छ ।’

व्यावसायिक खेलमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उहाँले टोलीको आलोचनाभन्दा कमजोरी सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘नेदरल्याण्ड्स जानुअघि घरेलु मैदानमा आठमध्ये छ खेल जित्दा कुनै चर्चा भएन, तर चार खेल हार्नेबित्तिकै आलोचना सुरु भयो,’ उहाँले भन्नुभयो, ‘हामीले आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

एकदिवसीय क्रिकेटलाई ‘धैर्यको खेल’ का रूपमा व्याख्या गर्दै प्रशिक्षक लले ५० ओभरको खेलमा टेस्ट क्रिकेटजस्तै धैर्य र अन्तिम ओभरमा टी–२० जस्तै आक्रामकता आवश्यक पर्ने बताउनुभयो । उहाँले खेलाडीलाई मैदानमा बुद्धिमत्तापूर्ण र आक्रामक क्रिकेट खेल्न सुझाव दिनुभयो ।

कप्तान सन्दीप लामिछानेको क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै प्रशिक्षक लले राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारीले उनको खेललाई थप निखार्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली टोलीले मलेसिया भ्रमणसँगै डार्विनमा टी–२० शैलीको तयारीमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । फरक–फरक परिस्थितिमा हुने यस्तो तयारीले नेपाली राष्ट्रिय टोलीलाई अझ बलियो बनाउन सहयोग पुग्ने प्रशिक्षक लको विश्वास छ ।