काठमाडौं । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक सुविधासहित घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले देशभरका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । नयाँ योजनाअन्तर्गत घर कर्जामा अधिकतम ३ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ भने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । बैंकका अनुसार घर कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ ।
यो योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्नेछन् । बैंकले यो सुविधा देशभरका आफ्ना ३०० शाखाबाट उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले सवारी साधन कर्जा योजना पनि सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत अधिकतम ७ वर्षसम्मका लागि कर्जा उपलब्ध हुनेछ । सवारी साधन कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर (डीओ) उपलब्ध गराइनेछ । यसबाट ग्राहकले आकर्षक ब्याजदरमा सवारी साधन खरिद गर्न सहज हुने बैंकको भनाइ छ ।
प्रभु बैंकले छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ । बैंकका अनुसार घर तथा सवारी साधन कर्जा योजना देशभरका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिनेछ ।
योजनासम्बन्धी थप जानकारीका लागि नजिकको प्रभु बैंक शाखामा सम्पर्क गर्न वा बैंकको वेबसाइटमा जान सकिनेछ । ग्राहकले बैंकको ग्राहक सेवा केन्द्रको ०१–५९७०४८८ नम्बरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन् ।











