२९ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने घोषणा जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा लैजानुपर्ने बताउनुभएको छ ।

नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक निगम चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेकाले पुनर्संरचना आवश्यक रहेको बताउनुभयो ।

निगम सुधारका विषयमा आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उहाँले नेपाल एयरलाइन्सलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउनुभयो । यसका लागि सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सार्वजनिक क्षेत्रमा समेत यस विषयमा वैचारिक बहस सिर्जना गर्न आग्रह गर्नुभयो ।

“राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ तर हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ । यसलाई राजनीतिक र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकालेर बचाउन आमूल पुनर्संरचना आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेपालको पर्यटन प्रवद्र्धन र पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गर्न बलियो राष्ट्रिय ध्वजावाहक आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो । राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटन क्षेत्रको अपेक्षित विकास सम्भव नहुने उहाँले बताउनुभयो ।

“राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गरेका कुनै पनि देश मैले देखेको छैन । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनका लागि निगमको सुधार हुनैपर्छ,” मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि नेपालसँग प्रभावकारी र सक्षम राष्ट्रिय ध्वजावाहक हुनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै