२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने घोषणा जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने



अ+ अ-

काठमाडौंमा शुक्रवारदेखि ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई)’ सुरु भएको छ। जलवायु कार्यमा युवाको सहभागिताका विभिन्न आयाममा छलफल गर्दै नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनले राज्यका हरेक संयन्त्रमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्ने आयोजकले जनाएको छ। साथै, स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्रसमेत तयार गरिनेछ।

आयोजक संस्था नेप्लिज युथ फर क्लाइमेट एक्शन (एनवाईसीए) की राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनका निष्कर्षलाई सम्बन्धित मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा समेट्न पहल गरिने बताउनुभयो। उहाँका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूह ‘योङ्गो’मार्फत अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत प्रस्तुत गरिनेछ।

उहाँले सम्मेलनबाट बालबालिका तथा युवाको आवाज समेटिएको घोषणापत्र तयार हुने बताउनुभयो। सहभागी युवाका धारणा र सुझावलाई दस्तावेजका रूपमा समेटेर साझा विषय पहिचान गरिने तथा नेपालको मात्र नभई क्षेत्रीय र विश्वभरका युवाको आवाजलाई समेटेर आगामी कोप सम्मेलनमा योङ्गोमार्फत प्रस्तुत गरिने उहाँको भनाइ छ।

नेपालका सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी सम्मेलन साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तीकरण, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल गरिनेछ।

सम्मेलनमा सहभागी हुन १ हजारभन्दा बढी युवाले आवेदन दिएका थिए। तीमध्ये छनोट गरी १ सय ८० जनालाई सहभागी गराइएको आयोजकले जनाएको छ। सम्मेलनमा सहभागी हुनुअघि विषयगत रूपमा सञ्चालन गरिएका विभिन्न नौवटा भर्चुअल बैठकमा सहभागी भएका युवालाई मात्र छनोटको आधार बनाइएको थियो।




भर्खरै