२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो



तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय बाजुरा
अ+ अ-

काठमाडाैँ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ ।

गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो । बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए ।

पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिनुभयो । पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताउनुभयो ।

पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।