काठमाडौं । हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर प्रचेज कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन् ।
विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले हायर प्रचेज कम्पनीले सवारी साधन, घरायसी सामान मा पनि कर्जा प्रवाह गरी रहेको बताएका हुन् ।
उनले भने, “हाम्रो लक्षित वर्ग भनेको बैंकहरु सम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकहरू लाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो ।”
यी कम्पनी हरुले बैंक बाट कर्जा लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ यी कम्पनीहरूले कर्जा प्रवाह गरी सकेको उनले बताए ।
उनले भने, “पछिल्लो समय कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ । ”
उनले बैंकका प्रक्रिया पूरा भएकाहरुका लागि पनि यी कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए । केही घण्टामा नै हायर प्रचेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे ।











