२७ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डिडिसीबीच त्रिपक्षीय सम्झौता सक्षम र इमान्दार कानून व्यवसायी बिना न्यायपालिकाले प्रभावकारी काम गर्न सक्दैनः प्रधानन्यायाधीश शर्मा सक्षम र मर्यादित कनून व्यवसायमार्फत विधिको शासन सृदृढ गर्छौंः महान्यायाधिवक्ता डा. कँडेल संसदीय समितिमा प्रहरी महानिरीक्षकको असन्तुष्टिः ‘संस्थाको मर्यादा र गरिमाको ख्याल गरियोस्’ कारागार तथा बाल सुधार गृहहरुलाई दण्डात्मक संस्था नभई पुनःस्थापना केन्द्रका रुपमा विकास गर्न संसदीय उपसमितिको… राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना ‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छः सभापति लामिछाने



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको ‘निर्विकल्प’ शक्ति बन्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सभापति लामिछानेले समाजमा तत्कालै नतिजा खोज्ने प्रवृत्ति बढ्दै गएको र यसले अस्थिरता निम्त्याउने बताउनु भयो । उहाँले आजको भोलि नै परिणाम खोज्ने ‘लत’ ले गर्दा बारम्बार विकल्पको खोजी भइरहने उल्लेख गर्दै रास्वपा विकल्प खोज्न नभई स्वयं एउटा ठोस विकल्प बन्न आएको स्पष्ट पार्नुभयो ।

पार्टीको सांगठनिक संरचनाका बारेमा चर्चा गर्दै उहाँले जगभन्दा संरचना (स्ट्रक्चर) ठूलो भएको स्वीकार गर्नुभयो । जनताको तिब्र परिवर्तनको चाहना र भरोसाका कारण पार्टीको जग बलियो हुनुभन्दा अगावै यसले ठूलो आकार लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विकल्प खोज्नु मात्र समाधान होइन, आफैँमा भरपर्दो विकल्प बन्नु मुख्य कुरा हो । रास्वपा वैकल्पिक शक्ति मात्र होइन, निर्विकल्प शक्ति बन्नुपर्छ । जब कोही सही बाटोबाट विचलित हुन्छ र जनआवाज सुन्न छाड्छ, तब मात्र विकल्पको खोजी हुन्छ । तर हामीले यस्तो काम गर्नुपर्छ कि जनताले हाम्रो अर्को विकल्प खोज्नु नपरोस् । जग बलियो नबनाई संरचना मात्र विशाल भएर हुँदैन । युवाहरूको चाहना र परिवर्तनको आवश्यकताले गर्दा रास्वपा जगले धान्न सक्नेभन्दा ठूलो आकारको बनेको हो कि भन्ने मलाई महसुस हुन्छ । अब यसलाई सुरक्षित र सुदृढ बनाउन जहाँ–जहाँबाट आवश्यक पर्छ, त्यहाँ टेको दिएर अड्याउन हामी तयार हुनुपर्छ ।’

उहाँले पार्टीलाई जगैदेखि मजबुत बनाउँदै आगामी दिनमा जिम्मेवार ढंगले अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 




भर्खरै