२७ श्रावण २०८३, बुधबार
,
Latest
युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता ‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’ नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ) ‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भएको छ’ ५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनुभएको हो । उपचारका क्रममा विदेशमा रहनुभएका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उहाँलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति आपत्ति जनाउनु भयो ।

न्युज एजेन्सी नेपालसँग बुधवार कुरा गर्दै घिमिरेले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामथ्र्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिनुभयो ।

बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राख्नुभयो । ४८ दिनसम्म केन्द्रिय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उहाँको तर्क छ । उहाँले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै वीपी कोईराला र जवाहरलाल नेहरूको उदाहरण प्रश्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली काँग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ । यसप्रति म शतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । जब आफ्नो केही गर्ने सामथ्र्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’
पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गर्नुभयो ।

पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको बचाउ गर्दै घिमिरेले उहाँहरूले पार्टी र देशको समसामयिक विषयमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्नुभयो ।

सरकारको आलोचना गर्दै उहाँले वर्तमान सत्ता विचार र सिद्धान्तभन्दा पनि प्रतिशोधको भावनाबाट सञ्चालित भएको टिप्पणी गर्नुभयो ।
काँग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गर्नुभयो । काँग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि भएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल