२७ श्रावण २०८३, बुधबार
,
Latest
ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार छ सय ७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।