१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी



अ+ अ-

काठमाडाैँ । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिनुभयो ।

घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा वडा नं २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेलापरेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।