६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना

ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना
अ+ अ-

चितवन । चितवन मेडिकल कलेज परिसरस्थित फ्राइन्डस रेष्ट्रोले ग्यासको अभावका कारण खाना पकाउन समस्या भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन थालेको छ ।

रेष्ट्रोले यसअघि १५० रुपैयाँमा उपलब्ध गराउँदै आएको सादा खाना अहिले ग्यास अभावका कारण समस्यामा परेकालाई १०० रुपैयाँमै उपलब्ध गराउन थालेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

एक सिलिन्डर मात्र भएका उपभोक्ताले ग्यास सकिएपछि तत्काल पुनः भर्न नपाउँदा समस्या भोग्नुपरेको भन्दै त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहुलियतमा खाना खुवाउन थालिएको ढकालले बताउनुभयो ।

यसैबीच, ग्यासको अभावलाई व्यवस्थापन गर्न चितवन प्रशासनले अत्यावश्यक उपभोक्तालाई वडामा नाम टिपाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्रशासनले ‘क्लस्टर बेस’मा दैनिक ग्यास बिक्रीको व्यवस्था मिलाएको छ ।

प्रशासनका अनुसार दैनिक करिब आठ हजार सिलिन्डर ग्यास क्लस्टरका आधारमा बिक्री भइरहेको छ । प्रशासनले उपलब्ध गराएको टोल फ्री नम्बरमा फोन गरेर हालसम्म ९९८ जनाले ग्यास लगिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले आगामी शुक्रबारदेखि केन्द्रीय बसपार्कबाट समेत क्लस्टरका आधारमा ग्यास बिक्री गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । ग्यास अभावका कारण खाना पकाउन समस्या भोगिरहेका उपभोक्तालाई लक्षित गर्दै प्रशासनले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।