१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली गर्ने कीट अस्पतालको ठगी धन्दा

परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली गर्ने कीट अस्पतालको ठगी धन्दा
अ अ+ अ-

काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।

मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

महाशाखाका निर्देशक डा. लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए । उनले भने, ‘ह्वाइट ब्लड सेल काउन्ट र टोटल प्लेटलेट काउन्टकै आधारमा डेंगुको पहिचान गर्न सकिन्छ । यस्तै, लक्षणका आधारमा व्यक्तिको उपचार प्रक्रिया अगाडि बढ्छ।’

५६ जिल्लाका ५१ सय संक्रमित

ह्वाइट ब्लड सेल काउन्ट, टोटल प्लेटलेट काउन्ट र हेमाटोक्रिट जाँच गरियो भने डेंगु भएको हो या होइन जानकारी हुन्छ । यस्तै, जाँचसँगै लक्षणलाई आधार मानेर डेंगु पत्ता लगाउन सकिने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार रगत परीक्षणका क्रममा ह्वाइट ब्लड काउन्ट ४ हजारभन्दा कम र प्लेटलेट काउन्ट १ लाख वा सोभन्दा कम देखिन सक्छ ।
सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा। अनुप बाँस्तोलाले डेंगु परीक्षणका लागि कीट आवश्यक नपर्ने बताए ।

कीटमा चरम राजनीति भएको भन्दै उनले भने, ‘प्रकोपका रूपमा डेंगु फैलिएको छ । त्यसकारण, कीट जरुरत छैन । डब्लूबीसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट परीक्षण गर्ने र लक्षणका आधारमा डेंगु भएको हो या होइन, पहिचान हुन्छ ।’ डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षाको समय सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी तथा मांसपेशी कडा रूपमा दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुका लक्षण हुन् । डेंगु संक्रमितको संख्या अझै बढ्ने चिकित्सकले बताएका छन् । सरकारले डेंगु रोकथामका लागि १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’ जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ । तर, सो रकम केही जिल्लामा प्रयोगमा आउन नसकेको पाइएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।