१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

संविधान दिवस मनाउन ‘उर्दी’: हातहातमा राष्ट्रिय झन्डा

संविधान दिवस मनाउन ‘उर्दी’: हातहातमा राष्ट्रिय झन्डा
अ अ+ अ-

काठमाडौं । यही असोज ३ गते बिहीबार संविधान दिवसको दिन तीनवटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ। संविधान दिवसको दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न र गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ।

संविधान दिवसको दिन संघ, प्रदेशसहित स्थानीय तहका सबै कर्मचारी हातहातमा राष्ट्रिय झन्डा लिई प्रभातफेरी हुँदै मूल समारोह समितिको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ। संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ निर्देशन जारी गरेको यो नै पहिलोपटक हो।

गृहको पत्राचारअनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिकासमेत उल्लेख गर्दै त्यसको पालना गर्न र गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो।

संविधान दिवस व्यापक र भव्यताका साथ मनाउन त्यस सम्बन्धमा स्थानीय तहका लागि विभाजित कार्यक्रमसमेत उल्लेख गरी पत्र पठाइएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिबाट स्थानीय तहका लागि स्वीकृत कार्यक्रम पालना गराउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

स्वीकृत कार्यक्रमअनुसार संविधान दिवसको अघिल्लो दिन असोज २ गते बिहीबार उपत्यकाभित्रका सबैका सरकारी कार्यालयसहित महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा र ब्यानर सजाउनुपर्नेछ। नगरको सरसफाइ र शृंगार गरेर राष्ट्रिय झन्डा राख्नुपर्ने मन्त्रालयको निर्देशन छ। यसैगरी संविधान दिवसको दिन संघ, प्रदेशसहित स्थानीय तहका सबै कर्मचारी हातहातमा राष्ट्रिय झन्डा लिई प्रभातफेरी हुँदै मूल समारोह समितिको कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ।

उपत्यकाको हकमा राजधानीको टुँडिखेल र उपत्यका बाहिरको हकमा सम्बन्धित प्रदेश र स्थानीय तहले तोकेको स्थान भनिएको छ । यसैगरी काठमाडौं उपत्यका प्रदेशको सदरमुकाम रहेका बाहेक अन्य जिल्लामा जिल्ला समन्वय समितिको अध्यक्षतामा समारोह समिति गठन गर्नुपर्नेछ। सो समितिले सबै सरकारी कार्यालय, स्थानीय तहको सहभागी गराई खेलकुल, प्रवचन, गोष्ठी, साहित्यिक कार्यक्रम गर्नुपर्नेछ।

यसैगरी स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा फहराउन र संविधान र देशको प्रगतिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।घरघरमा राष्ट्रिय झन्डा फहराउन एसएमएस पठाउने, राष्ट्रिय गीत र राष्ट्रभक्तिको कन्सर्ट गराउने परिपत्रमा उल्लेख छ। , समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।