१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

उद्योग व्यवसायको डिजिटल रूपान्तरणमा जोड

उद्योग व्यवसायको डिजिटल रूपान्तरणमा जोड
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतको द टाइम्स ग्रुपको साझेदारीमा बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलन संघ(संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल रूपान्तरण को महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले डिजिटल रूपान्तरण को महत्व दिनानुदिन बढ्दै गएको बताउनुहुँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको बताए । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल रूपान्तरण बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बाँकोटाले विश्वव्यापिकरणको रूपमा प्रविधि विस्तार भैरहँदा नेपालले पनि डिजिटल रूपान्तरण मार्फत दिगो विकासको लक्ष्य लिएको बताए ।

महासंघका अध्यक्ष्ँ भवानी राणाले आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल रूपान्तरण गर्न निति÷नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरि सरकार एवं निजी क्षेत्र सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिइन् । संघीय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक साँस्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिइन् ।

सम्मेलनको अर्को सत्र डिजिटल नेपाल डिजिटल रूपान्तरण विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरे । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए ।

सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल गरियो । कार्यक्रममा सूचना प्रविधि संग सम्बन्धित सरकारी निकायका अधिकृतहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।, समाचार कारोवार दैनिकमा प्रकाशित छ ।