१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग व्यवसायको डिजिटल रूपान्तरणमा जोड



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भारतको द टाइम्स ग्रुपको साझेदारीमा बिजनेस इम्प्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलन संघ(संगठन एवं व्यक्तिगत जीवनमा प्रविधिबाट हुने फाइदाहरुमा जोड दिंदै सार्क मुलुकहरुको आर्थिक एवं सामाजिक विकासमा डिजिटल रूपान्तरण को महत्व दर्शाउने प्रमुख उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा मन्त्री बाँस्कोटाले डिजिटल रूपान्तरण को महत्व दिनानुदिन बढ्दै गएको बताउनुहुँदै आयोजित सम्मेलन नेपालमा समय सान्दर्भिक भएको बताए । नेपालमा विशेष गरेर शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरुमा डिजिटल रूपान्तरण बढावा दिन सरकारले डिजिटल नेपाल कार्यक्रम अघि बढाएको जानकारी गराए । साथै मन्त्री बाँकोटाले विश्वव्यापिकरणको रूपमा प्रविधि विस्तार भैरहँदा नेपालले पनि डिजिटल रूपान्तरण मार्फत दिगो विकासको लक्ष्य लिएको बताए ।

महासंघका अध्यक्ष्ँ भवानी राणाले आजको समयमा उद्योगधन्दा एवं व्यवसायमा डिजिटल रूपान्तरण गर्न निति÷नियम रणनिति तथा नेतृत्व दक्ष जनशक्तिको विकास गरि सरकार एवं निजी क्षेत्र सूचना प्रविधि व्यवसाय लगायत अन्य सरोकारवालाहरु बीच सहकार्य हुनुपर्नेमा जोड दिइन् । संघीय प्रतिनिधिमुलक निजी क्षेत्रको छाता संगठन यस महासंघले सूचना तथा संचार प्रविधि विकास समिति मार्फत सरकार लगायत अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि सूचना प्रविधिको प्रयोगद्धारा मुलुकको सामाजिक,आर्थिक साँस्कृतिक विकासको लागि कार्य गर्दै आइरहेको जानकारी दिइन् ।

सम्मेलनको अर्को सत्र डिजिटल नेपाल डिजिटल रूपान्तरण विषयक छलफल सत्रको संयोजन महासंघका सूचना तथा संचार प्रविधि विकास समितिका सभापति ईन्जिनियर विनोद ढकालले गरे । उक्त सत्रमा वक्ताहरु सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एन एम बि बैंकका डिजिटल प्रमुख शिवराज उपाध्याय र अमेजन ईन्टरनेट सर्भिसेसका भारत र सार्क क्षेत्रका प्रमुख चन्द्र बलानी रहेका थिए ।

सो अवसरमा डिजिटल ट्रान्सफरमेसनको आवश्यकता एवं महत्व, यसका लागि उपलब्ध प्रविधि, सो कार्यान्वयनमा विद्ययमान चुनौतीहरु एवं समाधानका उपायका विषयमा वितृत छलफल गरियो । कार्यक्रममा सूचना प्रविधि संग सम्बन्धित सरकारी निकायका अधिकृतहरु, सूचना प्रविधिजन्य व्यवसायमा आवद्ध व्यवसायीहरु, उद्योगि व्यवसायिहरु, बैंकर्स लगायतको उपस्थिति रहेको थियो ।, समाचार कारोवार दैनिकमा प्रकाशित छ ।