१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

गाउँपालिका अध्यक्षलाई घोडा: कसरी चलेको छ घोडा पाल्ने खर्च ?

गाउँपालिका अध्यक्षलाई घोडा: कसरी चलेको छ घोडा पाल्ने खर्च ?
अ अ+ अ-

रुकुम । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेको छ । अध्यक्ष घर्ती प्रायः सबै कार्यक्रममा घोडा नै चढेर पुग्छन् । १४ वडा रहेको गाउँपालिकाका नौवटा वडा सडक सञ्जालमा जोडिएका छैनन् । बाँकी पाँचवटा वडालाई कच्ची सडकले छोएको मात्रै छ । त्यसैले घोडा नै सवारीसाधनका रूपमा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताए ।

‘१ देखि ९ सम्मका कुनै पनि वडालाई सडक सञ्जालले छुन सकेको छैन । बाँकी पाँचवटा वडामा पनि सडकको व्यवस्था राम्रो छैन । बर्खामा सबैजसो सडकमा यातायातका साधन चल्न सक्दैनन् । भौगोलिक विकटताका कारण मेरो क्षेत्रमा घोडा र खच्चड नै सवारी र ढुवानीको प्रमुख साधन हो । सबै वडालाई सडकले जोड्ने पहल भए पनि एक–दुई वर्षमै सम्भव छैन,’ अध्यक्ष घर्तीले भने, ‘त्यसैले गाउँपालिकाले पनि घोडा किनेको हो । जनताका हरेकजसो काममा घोडा चढेरै पुग्छु ।’

घोडाको मुल्य डेढ लाख

गाउँपालिकाले ०७४/७५ मै डेढ लाखमा घोडा किनेको हो । घोडामा प्रयोग हुने अन्य सामग्रीका लागि करिब एक लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षेत्रीले बताए । गाउँपालिकाले घोडापछि गाडी पनि किनेको छ । तर, सडक नै नभएपछि गाडी हुनुको झन् के अर्थ ? ३६ लाखमा किनेको स्कार्पियो प्रयोविहीनजस्तै बनेको छ ।

घोडा धेरैजसो अध्यक्षले नै चढ्ने भए पनि आवश्यकताअनुसार कार्यपालिका सदस्यले पनि चढ्छन् । उपाध्यक्षलगायत जनप्रतिनिधि भने प्रायः पैदलै हिँड्ने गाउँपालिका प्रवक्ता भीमबहादुर मल्लले बताए ।

कसरी चलेको छ घोडा पाल्ने खर्च ?
गाउँपालिकाले घोडा किने पनि खान्की र स्याहारका लागि खर्च नछुट्याएको प्रवक्ता भीमबहादुर मल्लले बताए । गाउँपालिकामै तबेला बनाइएको छ, कार्यालय सहयोगी उज्ज्वल सेनले स्याहार गर्छन् । घोडाको दानापानी भने प्रयोग गर्ने व्यक्तिले नै व्यवस्था गर्ने गरेको प्रवक्ता मल्लले बताए । ‘जसले प्रयोग गर्छ उसैले खुवाउनुपर्छ, तर चरन क्षेत्र राम्रो भएकाले घोडाको खान्कीमा खासै खर्च हुँदैन,’ उनले भने । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।