२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त



अ+ अ-

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा नियुक्त गरेको छ।

क्यानका अनुसार आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसिसि प्रिमियर कप प्रतियोगितादेखि सन्दीपले एकदिवसीय टोलीको कप्तानका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

मंसिर २९, २०७८ मा ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले २१ वर्षीय सन्दीपलाई राष्ट्रिय टिमको कप्तान बनाएको थियो ।नाबालक बलात्कारको आरोप लागेपछि २०७९ सालमा सन्दीपलाई कप्तानबाट हटाइएको थियो। अदालतबाट सफाइ पाएसँगै सन्दीप राष्ट्रिय टोलीमा फर्किएका थिए।

घोषित नेपाली राष्ट्रिय टोली

सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा।