२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धतिविपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमबार काठमाडौँमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो प्रवृत्तिले नेपाली काँग्रेसलाई मात्र नभई नेपालको लोकतान्त्रिक शासन पद्धतिलाई समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभयो ।

उहाँले विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा पदाधिकारीहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नुभयो । विशेष महाधिवेशनको नाममा पार्टीभित्र विधि र प्रक्रिया मिच्ने काम भइरहेको भन्दै उहाँले त्यसबाट पछि हट्न आग्रह गर्नुभएको हो ।

सिटौलाले भन्नुभयो, “विशेष महाधिवेशनका तमाम साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ । त्यही बाटोबाट हिँडिराख्नुभयो भने नेपाली काँग्रेस पार्टी मात्र होइन, नेपालको लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ ।”

उहाँले केही नेताहरूले ‘जेन–जी मुभमेन्ट’कै कारण पूर्वसभापति शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भन्ने अभिव्यक्ति दिने गरेकोप्रति पनि टिप्पणी गर्नुभयो । २२ गतेसम्म देउवासँग संवाद गरिरहेका नेताहरू केही दिनमै फरक मनस्थितिमा पुग्नुको कारणबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ थियो ।

सिटौलाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत आफूहरूको सल्लाहमा जारी गरिएको वक्तव्यको स्मरण गर्दै १४औँ महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र महाधिवेशनका क्रियाशील सदस्यहरूलाई विधिवत् मान्यता दिनुपर्ने बताउनुभयो ।

उहाँले क्रियाशील सदस्यहरूको नवीकरण प्रक्रियालाई निरन्तरता दिनुपर्ने भन्दै अध्यावधिक गर्ने नाममा अनावश्यक प्रक्रिया र “नाटक” गर्न आवश्यक नरहेको बताउनुभयो ।

“१४औँ महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुस्, नवीकरणलाई निरन्तरता दिनुस् । अध्यावधिकको नाममा नाटक गर्न पर्दैन,” उहाँले भन्नुभयो ।

नेता सिटौलाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विधान, विधि र प्रक्रियाको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिनुभयो । पार्टी सञ्चालनमा मनोमानी प्रवृत्ति हाबी भए त्यसले काँग्रेसको संगठनात्मक संरचनासँगै मुलुकको लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पार्ने उहाँको चेतावनी थियो ।