२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ



अ+ अ-

काठमाडौँ। ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् ।

दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर रु सात हजारका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस