१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताबीच छलफल हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस शीर्ष तहका नेताहरुबीच छलफल हुने भएको छ। छलफल आइतबार साँझ प्रधानमन्त्री ओली निवासमा बैठक हुने स्रोतको दावि रहेको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस शीर्ष तहका नेताहरुबीच समसामयिक तथा विवादित नागरिकताका विधेयकका विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी गराएका छन्।

पछिलो समय नेपाली नागरिकसँग विवाह गरी नेपाल भित्रिएकी महिलाका सन्दर्भमा अंगीकृत नागरिकताको प्रावधानमा दलबीच सहमति हुन सकेको छैन। नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने कांग्रेसले माग राख्दै आएको छ। यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम रहेको बताइएको छ।

विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी कागजी प्रक्रिया पुगेका समयको सीमा तोक्न नहुने कांग्रेसको अडान रहेको छ। संसदको राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट उक्त विषय टुंगाउने बताइएको छ।




भर्खरै