१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना

काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माण व्यवसायीप्रति दिएको अभिव्यक्ति सार्वजनिक भएपछि विवाद सिर्जना भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै प्रयोग गरेको अभिव्यक्ति अहिले आलोचनाको केन्द्रमा परेको हो।

आइतबार अनुगमनका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा देखिएको ढिलाइ र विशेषगरी विद्युत् पोल स्थानान्तरण कार्यमा भएको सुस्तताप्रति असन्तुष्टि जनाएका थिए। सो क्रममा उनले सम्बन्धित ठेकेदारलाई खोजेर काममा लगाउन निर्देशन दिँदै कडा शब्द प्रयोग गरेका थिए।

मन्त्री लम्सालले अनुगमनका क्रममा “काम नगरे खुट्टा भाँचिदिनु” भन्ने अभिव्यक्ति दिएको भिडियो तथा विवरण सार्वजनिक भएपछि उक्त भनाइलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको छ। कतिपयले यस्तो अभिव्यक्ति जिम्मेवार पदाधिकारीबाट आउनु उपयुक्त नभएको भन्दै प्रश्न उठाएका छन्।

यद्यपि मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने र निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका छन्।

नागढुङ्गा–मुग्लिन सडक आयोजना लामो समयदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण प्रभावित हुँदै आएको छ। पछिल्लो समय निर्माण कार्यले केही गति लिएको भए पनि विद्युत् पोल स्थानान्तरण लगायतका अवरोधले काममा ढिलाइ भइरहेको बताइन्छ।