२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा फड्को मार्दै मकवानपुरगढी



अ+ अ-

हेटौँडा । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषितर्फ जोड दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ ।

विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनसमेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका कृषिमार्फत मात्रै समृद्ध हुने ठानेर कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष विदुर हुमागाइँले जानकारी दिनुभयो ।

“हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा सोरोजगार समेतको सृजना गर्ने अभियानमा छौँ,” उहाँले भन्नुभयो । गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक दूध उत्पादन पकेट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । जुन यहाँको कूल उत्पादनको आधाभन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउँछन् । सहकारीमार्फत सङ्कलन हुने दूधबाट मात्रै गाउँपालिकामा मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकामा हाल ३० ठूलठूला गाईपालन केन्द्र सञ्चालित रहेका जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्यधिक रहेका तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी र भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताउनुभयो ।