काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जका डीन डा जगदीशप्रसाद अग्रवालमाथि मसी छ्यापेर दुर्व्यवहार गरेका छन् ।
आइतबार दिउँसो अन्तर्वार्ता लिन भन्दै कार्यालयमा पुगेका व्यक्ति मसी छ्यापेर भागेको हुन् । ‘दुईतीन दिनदेखि नेपाल टाइम्सको पत्रकार भनेर समय मागेको थिए’ अग्रवालले भने, ‘आज दिउँसो २ बजे समय दिएको थिएँ। मेरो कार्यलयमा छिर्नासाथ केही नबोली मसी मसी छ्यापेर भाग्यो ।’
मसी छ्याप्ने व्याक्तिलाई आफूले यसअघि नभेटेको नदेखेको डा. अग्रवालले बताए ।