२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘युवा तिमी ध्रुव तारा हौ’ को म्यूजिक–भिडियो बिमोचन (भिडियोसहित)



अ+ अ-


काठमाडौं, २८ भदौ । श्रीलक्ष्मी सिंहद्वारा रचित तथा शान्ति सदा र गुरुशरण सदाद्वारा स्वरबद्ध स्वदेशी गान ‘युवा तिमी ध्रुवतारा हौ’ को म्यूजिक–भिडियो बिमोचन भएको छ ।
मुनलाईट फिल्मस् प्रालिद्वारा उत्पादित तथा सवरी संकल्प समाजको समन्वय रहेको उक्त गितको निर्देशन आसिक राईले गरेका छन भने गीतमा श्रीलक्ष्मी सिंहको शब्द, गूरुशरणको लय सम्पादन रहकोे छ ।
न्हुच्छे महर्जनकाे संगीत संयोजन रहेको उक्त गीतलाई शान्ति सदा एण्ड गुरुशरण सदा नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतले देशमा विद्यमान बेरोजगारीको अवस्थालाई आधार मानेर विदेशिने युवाको पीडालाई उजागर गर्न खोजको छ । आफ्नो बाध्यताका कारण दैनिक लाखौं युुवाहरु विदेशिरहेको अवस्थामा देशमा नै केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रेत भई स्वदेशमै रोजगारीका सम्भावना खोज्न आवश्यक रहेको भावना समेटिएको छ ।
‘युवा तिमी ध्रुव तारा हो, युवा तिमी सगरमाथा हौ’ भन्ने मूल भावसहित देशको विकास युवाको काँधमा रहको भन्ने भावनालाई पनि उक्त गित मार्फत सन्देश दिन खोजिएको छ ।
गीतमा बरिष्ठ कलाकार उत्तम केसी, लक्ष्मण चौलागाइँ, गोमा काफ्ले, आदित्य ठकुरी, संगीता श्रेष्ठ, सन्तोष गुरुङ तथा सावित्रा भुजेलको सुन्दर अभिनय रहेको छ । गीतमा बालकलाकारको रुपमा शशी सदा, सगुन सदा, शक्ति सदा, समीक्षा सदाको भूमिका छ ।
उक्त गीत लोकार्पणका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारी आज हर कसैको बाध्यता रहेपनि स्वदेशमा नै धेरै गर्न सकिन्छ भन्ने भावना गीतमा रहेकाे बताए ।
कार्यक्रममा बोल्दै प्राज्ञ धीरेन्द्र प्रेमर्षीले गीतमा स्वर दिने गायक तथा गायिकाले दुई दशकदेखि गीत संगीतको माध्ययमबाट समाजमा पु¥याएकाे योगदानको चर्चा गरेका थिए । आफ्नो समाजको परिबन्धबाट माथि उठ्दै आफ्नो गला र कलाका माध्ययमबाट मनोरञ्जनको साथमा परिवर्तनको संवाहक बनेको उनको भनाई छ ।
गीतकी रचयिता श्रीलक्ष्मी सिंहले विमानस्थलमा देखेका परदेशी युवाको लास बोकेको बाकसले गीतको जन्म गराएको जानकारी बताइन् ।


 

https://youtu.be/Yj674Y5Y5lc