२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा मोबाइल सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार प्राधिकरणको ८ बुँदे निर्देशन, प्रमुख शहरबाट ५जी सेवा सुरु… शासकीय अराजकतातर्फ सरकार उन्मुख, विधिको शासन कमजोर बन्यो : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै नेता आङदेम्बेले संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताउनु भयो । पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाको आरोप छ । यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भावनामा बहकिएर कसैको ‘इमोसनल ब्ल्याकमेल’ मा नपर्न समेत आग्रह गर्नुभयो । पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक पार्टीबाट मात्र सम्भव हुने दाबी गर्दै उहाँले नेपाली काँग्रेसले नै सबैको अस्तित्व र इतिहासलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि काँग्रेसका कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै