१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

देशमा डेङ्गु फैलिरहेकै बेला पर्यटनमन्त्री भट्टराईले दिए यस्तो निर्देशन

देशमा डेङ्गु फैलिरहेकै बेला पर्यटनमन्त्री भट्टराईले दिए यस्तो निर्देशन
अ अ+ अ-

काठमाडौं । देशमा डेङ्गु फैलिरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले सो निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि नेपाल होटल संघ, रेष्टुरेण्ट व्यावसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप व्यवस्था गर्न गराउन समेत निर्देशन दिए ।

मन्त्री भट्टराईले बैठकमा बोल्दै पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चाउन निर्देशन दिएका छन् । सरकारले अगामी वर्ष भ्रमण वर्ष २०२० को भव्य तयारी गरिरहेको छ ।