२१ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ?



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङ र सांसद विष्णुबहादुर विश्वकर्माबीच सवाल–जवाफ भएको थियाे।

बैठकमा सांसद विश्वकर्माले ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन् ?’ भन्दै सरकारसँग जवाफ मागेपछि गृहमन्त्री गुरुङले अघिल्ला सरकारतर्फ संकेत गर्दै प्रतिप्रश्न गरे। उहाँले, ‘तपाईंहरू सरकारमा हुँदा किन समाधान गर्नुभएन ? अहिले हामीलाई मात्र यो मुद्दाको भारी बोकाउन खोजिएको छ। यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ भन्नुभयो।

गृहमन्त्री गुरुङले निर्मला पन्तको परिवारको पीडालाई बारम्बार सार्वजनिक रूपमा उठाउँदा घाउ झन् बल्झिने तर्क गर्दै अनुसन्धानको प्रगतिबारे व्यक्तिगत रूपमा जानकारी दिन आफू तयार रहेको पनि बताउनुभयो।

मन्त्रीको अभिव्यक्तिप्रति सांसद विश्वकर्माले आपत्ति जनाउँदै संसद्मा प्रश्न उठाउनु आफ्नो संवैधानिक र विधायकी अधिकार भएको उल्लेख गर्नुभयो। उहाँले मन्त्रीले प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो।

बैठकमा सांसद विश्वकर्माले युवाहरूमा बढ्दो निराशा, आत्महत्या र आत्मदाहका घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसको जवाफमा गृहमन्त्री गुरुङले यस्तो समस्या मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित भएकाले त्यसैअनुसार समाधानका उपाय अघि बढाउनुपर्ने बताउनुभयो।

 तस्बिरः रत्न श्रेष्ठ/रासस