१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

नागरिक लगानी कोषकाे लाभांशमा सुधार देखिएन, शेयरमूल्य घट्याे

नागरिक लगानी कोषकाे लाभांशमा सुधार देखिएन, शेयरमूल्य घट्याे
अ अ+ अ-

काठमाडाैंः नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कोषको साेमबार राजधानीमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणभाले आर्थिक वर्ष २०७४-७५ को आयव्ययसमेत पारित गरेको छ ।

साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४-७५ को प्रतिवेदन पेश गर्नुभयो । कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उहाँले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताउनुभएको थियो ।

उहाँले आम नागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको रहेको र लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाएको उल्लेख गर्नुभयो । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई थप व्यावसायिक र पारदर्शी बनाएर लैजाने बताउनुभयो ।

सभाले लेखापरीक्षको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।

काेषले २०७३।७४ मा पनि २२ प्रतिशत बाेनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिएकाे थियाे भने २०७२।७३ मा २१.८५ बाेनस सेयर दिएकाे थियाे । त्यसअघि २०७१।७२ मा ५० प्रतिशत बाेनस सेयर बाँडेकाे काेषले २०७०।७१ मा ३८.८९ प्रतिशत बाेनस शेयर दिएकाे थियाे ।

काेषकाे शेयर बजार पछिल्ला केही महिनादेखि लगातार घट्दै गएकाे छ । काेषकाे शेयर मूल्य चार महिनाभित्रै प्रतिशेयर करिब २७०० बाट एक हजार घटेर १७०० काे हाराहारीमा अाइपुगेकाे छ ।