• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

३५ वर्षीय वामपन्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित



एजेन्सी । चिलीको राष्ट्रपतिमा पूर्वविद्यार्थी निर्वाचित भएका छन् । वामपन्थीको तर्फबाट पूर्वविद्यार्थी नेता ग्याव्रियल बोरिक राष्ट्रपति चयन भएका हुन्। 

विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वारी दिएका होजे एन्टोनियो कास्टलाई हराउँदै ३५ वर्षीय बोरिक चिलीको नयाँ राष्ट्रपति बन्न सफल रहे । योसँगै बोरिक चिलिको सबैभन्दा कान्छो राष्ट्रपति समेत बनेका छन् । कुल मतमध्ये बोरिकले ५६ प्रतिशत मत पाएका थिए भने विपक्षी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।

निर्वतमान राष्ट्रपति सेबास्टियन पिनेराले भिडियोमार्फत बोल्दै नवनिर्वाचित राष्ट्रपति बोरिकलाई बधाई तथा शुभकामना दिएका छन् भने उनले बोरिकको सरकारलाई पूर्ण समर्थन गर्ने जनाएका छन् ।

सरकारविरोधी विभिन्न प्रदर्शनपछि चिलिमा राष्ट्रपति चुनाव सम्पन्न भएको थियो ।

बोरिकले विद्यार्थी नेताको रुपमा राजधानी सान्टिगोका विश्वविद्यालयमा विद्यार्थी संघको नेतृत्व गरेका थिए । सन् २०११ मा बोरिकले सस्तो, सर्वसुलभ र परिमार्जित शिक्षाको माग गर्दै आन्दोलनको नेतृत्व गरेका उनी तत्कालिन समयमा प्रख्यात बनेका बनेका थिए ।

निर्वाचित भएपछि बोरिकले असमानता हटाउने प्रतिबद्धता व्यक्त गर्दै पेन्सनको व्यवस्था, स्वास्थ्य प्रणालीमा सुधार र साताको ४० देखि ४५ घण्टासम्मको कार्यअवधि बनाउने बताएका छन् ।