३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

विद्युत् उत्पादन र वितरण तीनै तहले गर्ने

विद्युत् उत्पादन र वितरण तीनै तहले गर्ने
अ+ अ-

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् ऐन २०४९ विस्थापित गर्ने गरी नयाँ ऐनको मस्यौदा सार्वजनिक गरेको छ । खासगरी विद्युत् उत्पादन, प्रसारण र वितरणको काम छुट्टाछुट्टै निकायबाट गराउने र सङ्घीय संरचना अनुसार विद्युत् उत्पादन र वितरणको अधिकार स्थानीय तथा प्रदेश सरकारलाई समेत दिनेगरी मस्यौदा बनाइएको छ ।

मस्यौदामा तीन मेगावाट क्षमतासम्मका विद्युत् आयोजनाको अनुमति स्थानीय तह, तीनदेखि २० मेगावाटसम्म प्रदेश सरकार र त्यसमाथि मन्त्रालयले निर्णय गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । विद्यु्त् उत्पादनदेखि खरिद र वितरणमा नेपाल विद्युत् प्राधिकरणको एकाधिकार रहेकामा यसलाई पनि विकेन्द्रित गर्ने गरी संरचना बनाउने मस्यौदामा प्रस्ताव हो । मस्यौदाको दफा ५७ मा भनिएको छ, विद्युत् उत्पादन, प्रसारण र वितरणमध्ये एकभन्दा बढी कार्य गरिरहेको संस्थाले अलग अलग ऐन कार्यान्वयन भएको मितिले तीन वर्षभित्र अलग अलग सङ्गठित संस्था बनाउनुपर्ने छ ।

यद्यपि, यस सम्बन्धी नीतिगत व्यवस्था जलविद्युत् विकास नीति २०५९ले गरिसकेको थियो । ऐनको मस्यौदामा यो विषयले प्राथमिकता पाएपछि प्राधिकरणको कर्मचारीतन्त्र तरङ्गित भएको देखिन्छ । प्राधिकरण कर्मचारी सङ्घले विज्ञप्ति जारी गरेरै भनेको छ, सरकारले नै विद्युत् ऐन परिमार्जन गर्ने नाममा नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण गर्ने प्रपञ्च भएको छ तर प्राधिकरणका कार्यकारी निर्देशक भने यसमा त्यति धेरै सशङ्कित छैनन् ।

नेपाल विद्युत् प्राधिकरण सरकारी स्वामित्वको संवेदनशील संस्था भएकाले संस्थालाई क्षति पुग्ने गरी कानुन नबन्ने अपेक्षा घिसिङको छ । ऐन कानुनले व्यवस्थित गर्न सक्छ तर भएको संरचना, जनशक्ति, क्षमता र त्यसले निर्बाह गरिरहेको भूमिकालाई निस्तेज गर्ने कुरा आउँदैन, उनले भने ।
पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय वर्तमान विद्युत् ऐनको मस्यौदा स्वभाविक आवश्यकता अनुरुप आएको वताउछन् । प्राधिकरण खण्डीकरण भन्ने बहस आफैमा गलत हो, उनले भने, प्राधिकरणको होल्डिङ कम्पनीका रूपमा संरचना खडा गर्न सक्नेछ, यो अभ्यासमा प्राधिकरण जुटरहेको पनि छ ।

मस्यौदा संविधानले व्यवस्था गरेको अधिकार बाँडफाँडकै आधारमा आएको टिप्पणी उहाँको छ । सङ्घ प्रदेश र स्थानीय तहलाई विद्युत् उत्पादन, प्रसारण र वितरणको अनुमतिको अधिकार दिएको छ । यसमा भने भविष्यमा विवाद हुनसक्ने उपाध्यायको अनुमान छ । मेगावाट क्षमताका आधारमा मात्र परियोजना निर्धारण गर्न खोज्दा भोलि सरकारबीच त्यहि क्षमता कति हो भन्नेमा विवाद हुने देखिन्छ, उनले भने, विवाद आउनु पूर्व नै निर्धारण गर्ने निकाय आवश्यक छ ।

आयोजना नबनेसम्म प्रस्तावित मस्यौदामा निजी ऊर्जा उत्पादक भने असन्तुष्ट छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पूर्वअध्यक्ष ज्ञानेन्द्रलाल प्रधान प्रस्तावित ऐनले निजी क्षेत्र र विदेशी लगानी भित्र्याउने काम झनै जटिल बनाउन खोजेको बताउछन् । आयोजनाको अध्ययन र निर्माणमा निजी क्षेत्रप्रति सरकार झन सङ्कीर्ण बन्दैगएको उनको आरोप छ । ठूला जलविद्युत् आयोजनाको अध्ययन र निर्माण अनुमतिलाई छुट्टाछुट्टै व्याख्या गर्नुपर्ने सुझाव छ ।

विदेशी लगानीकर्ता आयोजनाको सम्भाव्यता अध्ययन गर्न आउँदैनन्, उनी भन्छन, हामीले अध्ययन गरेर लगानीकर्ता ल्याउँछौ भन्ने बाटो सरकारले रोक्न खोजिरहेको छ ।जलविद्युत् आयोजनाको अनुमति अवधि पनि घटाउन नहुने सुझाव उनको छ । जलविद्युत् आयोजनाको उत्पादन अनुमति ३५ वर्ष र अन्य विद्युत् आयोजनाका लागि २५ वर्षे अवधि प्रस्ताव गरिएको छ । यसमा जलाशययुक्त आयोजनाका हकमा पाँच वर्ष थप्न सकिने मस्यौदामा उल्लेख छ ।

यस्तो व्यवस्थाले दीर्घकालीन लगानीबाट लाभ पाउन समस्या हुने उनको भनाइ छ ।
विद्युत् उत्पादन सुरु नगरेसम्म संस्थापकले २५ प्रतिशतभन्दा धेरै सेयर बिक्री पनि गर्न नपाउने व्यवस्था मस्यौदामा समेटिएका छन् । प्रवद्र्धकले लाइसेन्स लिने र आयोजना निर्माणमा स्वपुँजी लगानीभन्दा सेयरतर्फ केन्द्रित हुने अवस्था रोक्न यो प्रावधान राखेको ऊर्जा मन्त्रालयका अधिकारीको भनाइ छ तर प्रधान भने आयोजना विकासकर्ताले सहज रूपमा पुँजी व्यवस्था गर्ने र आयोजना सम्पन्न गर्ने अवस्थालाई अवरोध पुर्याउने बताउछन् ।

केहि डिफल्टर प्रवद्र्धक पनि देखिए, तर सबैलाई एकै डालोमा हालेर यस्तो व्यवस्था ल्याउनुहुन्न, उनले भने, डिफल्टरलाई तह लगाउन अन्य कानु्नी व्यवस्था पनि गर्न सकिन्छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थका अनुसार मन्त्रालयले अहिले मस्यौदाका बारेमा सुझाव र प्रतिक्रिया लिइरहेको छ ।

विद्युत् क्षेत्रलाई अझै गतिशील बनाउने र सङ्घीय संरचना अनुरुप विद्युत् व्यवस्थापन गर्ने गरी मस्यौदा बनाइएको छ, उनले भने, प्रस्तावित मस्यौदाका प्रावधान कम्तिमा पनि अबको एक डेढ दशकलाई मार्ग निर्देश गर्न सक्ने गरी बनाइएको छ । समाचार गोरखापत्र दैनिकबाट