२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र भेटिए



अ+ अ-

काठमाडाैँ ।नेपाली कांग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा सरकारले संयमता गुमाएको र आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारले मधेशमा उत्पन्न घटनाको समाधानका लागि राज्य संयन्त्र परिचालन गर्नुको सट्टा प्रधानमन्त्रीका स्वकीय सचिव र निजी सहयोगीलाई वार्ताका लागि पठाएको भन्दै त्यसलाई “उदेकलाग्दो परिस्थिति”को संज्ञा दिनुभयो।

उहाँले सुनसरी र सिरहामा भएको धार्मिक तनावका क्रममा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै सरकारका जिम्मेवार व्यक्तिहरू सामाजिक सञ्जालमा मात्र सीमित भएको र सरकारको उपस्थिति गोली, लाठी र दमनमा मात्र देखिएको टिप्पणी गर्नुभयो।

देशका विभिन्न स्थानमा देखिएको सुरक्षा प्रणालीको कमजोरी, नीतिगत तयारीको अभाव तथा सुरक्षा संयन्त्रको प्रभावहीनताका कारण नागरिकको सुरक्षा थप जोखिममा परेको उहाँको भनाइ थियो।

प्रवक्ता चालिसेले नेपाली कांग्रेस सरकार वा कुनै राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहने भए पनि लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदा प्रमुख प्रतिपक्षका रूपमा मौन बस्न नसकिने बताउनुभयो।

उहाँले वर्तमान सरकारको अस्थिरता आफूहरूले नचाहेको स्पष्ट पार्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर हुनुपर्ने कांग्रेसको धारणा रहेको बताउनुभयो। तर सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि नै प्रश्न उठाएको भन्दै सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनका कमजोरी सच्याउन आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रतिनिधिसभाबाट हालै पारित नियमावली, विभिन्न राजनीतिक घटनाक्रम तथा सुनसरीको घटनालगायत सरकारसँग सम्बन्धित विषयमा कांग्रेसले सरकारसँग जवाफदेहिता माग गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

चालिसेले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि राज्य संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको दाबी गर्दै घटनाको समाधानका लागि सरकारी संयन्त्र परिचालन गर्नुको सट्टा निजी सहयोगीमार्फत वार्ताको प्रयास गरिएको आरोप लगाउनुभयो।

पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा भ्रष्टाचारमै डुबेको आरोप समेत लगाउनुभयो।