१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी पछि झापा प्रहरीलाई मिल्यो यस्तो ठुलो सफलता



अ+ अ-

काठमाडौं । राजधानीको त्रिपुरेश्वर चोकबाट सोमबार प्रहरीले स्रोत नखुलेको १३ लाख नगद र ४१ लाख बराबर चेकसहित एक जना प्रकाउ गरेको २८ घण्टा नबित्दै झपा प्रहरीले राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको झापा गोप्य जिल्ला कार्यालयमा छापा
मा’रेको छ ।

बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मा’रेर महत्वपूर्ण दस्तावेजसँगै ह’तियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले च’लाएको अ’परेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । पछिल्लो एक महिनामा झापामा भएका वि’ष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गि’रफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।

समूहका झापा अध्यक्ष सुमन सिंहको भने जिल्लामा खासै गतिविधि देखिएको छैन । ‘जति पनि ध्वं’सात्मक गतिविधि भए ती सबै जनसरकार प्रमुख र सेक्रेटरीले नै गरेको देखिन्छ’, स्रोत भन्छ । जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले बताएअनुसार, उनीहरुबाट बरामद कागज पत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको छ ।

‘हामीले चाँडै नियन्त्रणमा लिनसक्दा थप क्षति हुनबाट रोकिएको छ’, स्रोतले भन्यो, ‘वैठकको निर्णय र बरामद अन्य दस्तावेजको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले कार्यालयबाट दुई वटा क’टुवा पे’स्तोल र ४ रा’उण्ड गो’ली पनि बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ ।

प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बतायो ।