१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

कार्यकर्तालाई डा.महतको सुझाव– स्थानीय तहका मनमुटाव आफै मिलाउनु

कार्यकर्तालाई डा.महतको सुझाव– स्थानीय तहका मनमुटाव आफै मिलाउनु
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसको स्थानीय तहमा कुनै मनमुटावहरु भएमा आफै मिलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।


नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ द्वारा मंगलबार बिहान आयोजित दोस्रो चरणको जागरण अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– कार्यकर्ताहरुमा स्थानीय तहमा कुनै पनि मनमुटावहरु छन् भने आफैले मिलाउने प्रयत्न गर्नु, तपाईँहरुको प्रयास पनि आवश्यक छ, पछिल्लो समय हेर्नुस केन्द्रमा पनि काँग्रेसले हरेक निर्णय सहमतिबाटै गर्ने गरेको छ ।


पार्टी सभापतिले पछिल्ला निर्णयहरु पार्टीमा सहमति गर्ने कोशिस गर्नुभएको छ, सहमतिकै आधारमा निर्णय गर्ने गर्नुभएको छ, सहमतिका लागि उहाँले प्रयत्न गरिरहनुभएको तपाईहरुले पनि देख्नु भएकै होला, त्यसैले अब केन्द्रदेखि स्थानीय तहसम्मकै सबै असहमतिहरुलाई आफैले मिलाउने प्रयत्न गर्नुपर्छ ।


कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री डा.महतले दोस्रो चरणको जागरण अभियान देशैभरि जनताको टोल टोलमा पुग्ने र यसले नेपाली जनता जगाउने धारणा राखे ।


उनले भने– पहिलो चरणको अभियान जिल्लाका अगुवा कार्यकर्तालाई लक्ष्य गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम जनताको टोलटोल र घर घरमा पुग्ने छ, त्यसैगरी तेस्रो चरणको जागरण अभियान नगर र गाउँपालिकालाई लक्ष्य गरिने उनले बताए ।


उनले तेस्रो चरणको जागरण अभियान पुस महिनामा सुरु गरिने र त्यो अझै व्यापक र देशव्यापी हुने धारणा उनले राखे ।


उनले कार्यकर्ताहरुलाई उच्च मनोबल र साहसका साथ काम गर्न पनि आग्रह गरे । उनले भने– जनताले दिएको मतका आधारमा अहिले पनि काँग्रेस नै देशको सबैभन्दा ठूलो पार्टी हो, तपाईँहरुले पार्टी हारेको छ भन्ने कुनै कुण्ठा पाल्ने कुरा छैन, एकताबद्ध भएर काम गर्नु अर्काे चुनावमा जित हाम्रै हो ।


बीपी जयन्तीदेखि सुरु भएको अभियान देशभर कुनाकन्दरामा पुग्दैछ । कांग्रेस गाउँगाउँ र टोलटोलसम्म जोडिँदैछ– डा महतले भने ।


कांग्रेस प्राविधिक रुपमा निर्वाचनमा पराजित भएपनि सदैव जनतामाझ रहन्छ भन्ने सन्देश अभियानले दिएको उनको दाबी थियो ।


कांग्रेस आत्तिने र मात्तिने पार्टी नभएको उनको भनाई थियो । चुनाव जितरे मात्तिएका कम्युनिष्टहरुले नै जनतामाथि दमन गर्ने र निरंकुश व्यवहार देखाउँदैछन् उनले भने ।


सरकारका गलत कामविरुद्ध जनताले खबरदारी गर्न खोज्दा देशमा प्रतिगमनको खतरा देख्ने वर्तमान सरकारको कमजोर मानसिकता मात्र हो उनले भने ।


सरकारले एकपछि अर्काे गरी जनविरोधी कामहरु गरिरहेको, भ्रष्टाचारका काण्डैकाण्डमा फसेको तर जनताका आधारभूत आवश्यकताहरुमा भने सरकार सधैँ गौँण बस्ने गरेकोले जनतामा निराशा र आक्रोस बढिरहेको डा.महतले बताए ।


सरकारका जनविरोधी काम र ज्यादतीका विरुद्ध जनता जगाउन अब काँग्रेसका नेता कार्यकर्ताहरु थप सक्रिया र एकजुट हुनुपर्ने उनको भनाई थियो ।


नेपाली काँग्रेसले नेपालगन्जमा गरेको शान्तिपूर्ण सभामा गरेको हमलाको घटना वर्तमान सरकारको अधिनायकवादी चरित्रको एउटा उदाहरण भएको डा.महतले बताए ।