१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी बोकेको ट्याक्सी खोलाले बगायो



अ+ अ-

पर्वत । कुस्मा नगरपालिका–४ मा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने ५ बजे ट्यासी बगाएको हो ।

म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै गरेको ध १ ज ६६० नम्बरको ट्याक्सीलाई खोलाले बगाएको हो । खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्याउँदा हिलोमा फसेको थियो।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।