२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका शीर्ष नेताको बालुवाटारमा बैठक चल्दै, के बिषयमा हुँदैछ छलफल ?



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका शिर्ष चार नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको हो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्।

बालुवाटार स्रोतका अनुसार चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल भईरहेको बताएको छ। बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ।

चार जना नेताहरूले यसअघि सोमबार पनि बालुवाटारमा बैठक गरेका थिए।