१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

यार्सागुम्बाले बजार नपाउदा घरमै थन्कियो

यार्सागुम्बाले बजार नपाउदा घरमै थन्कियो
अ अ+ अ-

दार्चुला । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ ।

सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुन सकेको छैन्, स्थानीयवासी उमेश बोहराले भन्नुभयो। विगतमा यार्सागूम्बाको सिजनपछि स्थानीयवासीको खण्डेश्वरी बजारमा चहलपहल बढ्थ्यो । तर यो पटक भने खण्डेश्वरी बजार सुनसान जस्तै छ ।

यार्सागुम्बा बिक्री नहुँदा बजारमा चहलपहल बढेको छैन् । यार्सागुम्बा बिक्री नहुँदा अधिकांश स्थानीयवासीले यार्सागुम्बा सङ्कलनको लागि लिएको ऋण तिर्न सकेका छैनन् । विगतमा यार्सागुम्बा सङ्कलनको लागि व्यापारीले ऋण लगानी गर्थे । अहिले तिनै व्यापारी यार्सागुम्बाको बजार भाउ नभएको भन्दै समस्यामा परेको बताउँछन् ।

केही व्यापारीले स्थानीय सङ्लनबाट यार्सागुम्बा सङ्कलन गरे पनि दर रेट तोकेका छैनन् । सङ्लकहरुले विगतको जस्तो यार्सागुम्बाको मूल्य नपाउँदा बिक्री समेत गर्न मानेका छैनन् । बजार पूरै आर्थिक मन्दीमा गइरहेको बोहराले बताउनुभयो ।

लामो समयसम्म यार्सा सङ्कलकहरुको घरमा यर्सागुम्बा थन्किएपछि यार्सागुम्बा सड्ने अवस्थामा पुगेको ब्यास गाउँपालिकाका सङ्कलक धीरेन्द्रसिंह धामीले बताउनुभयो । सबैलाई यार्सागुम्बा सुरक्षित राख्ने तरिका जानकारी नहुँदा सड्ने अवस्थामा पुगेको हो ।

व्यासकै स्थानीयवासी दानसिंह कार्की व्यापारीले मूल्य निर्धारण नगरेरै यार्सागुम्बा बिक्री गरेको बताउनुभयो । घरमै यार्सागुम्बा सडाउनुभन्दा व्यापारीलाई यार्सागुम्बा दिएका छौं, उहाँले भन्नुभयो।

गत वर्षसम्म प्रतिकेजी रु १७ लाखदेखि २० लाखसम्म खरीदबिक्री भएको यार्सागुम्बा यो पटक भने बिक्री हुन पाएको छैन् । केही व्यापारीको गत वर्षकै यार्सागुम्बा बिक्री हुन बाँकी रहेको छ ।
व्यापारी गणेश बडु यार्सागुम्बाको मूल्य नभएको कारण अधिकांश व्यापारीले यो वर्ष यार्सागुम्बामा लगानी गरेका छैनन् ।

दार्चुला बजारमा समेत कारोबार घटेको छ । पसल सुनसान छन्, दशै नजिकै पुग्ने बेला पनि बजारमा व्यापारी देखा परेका छैनन्, उहाँले भन्नुभयो । यो यार्सागुम्बाको कारोबार हुने समय हो । व्यापारी र सर्वसाधारणको बजारमा चहलपहल हुने बेला सुनसान छ ।

केही यार्सागुम्बा स्थानीय सङ्कलकबाट उठाएका छौ । उहाँले भन्नुभयो, “तर मूल्य तोकिएको छैन् । अहिलेको अवस्थामा यार्सागुम्बा बिक्री गर्न सकिने अवस्था छैन् ।” यो वर्षसम्म जिल्लाबाट यार्सागुम्बा छोडपूर्जी जारी भइसक्नुपर्नेमा हालसम्म ४० किलोग्राम यार्सागुम्बाको मात्र छोडपूर्जी जारी गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरले जानकारी दिनुभयो ।

यो वर्ष यार्सागुम्बाको मूल्य नहुँदा व्यापारीलेसमेत यार्सागुम्बा लिन मानेका छैनन् । विगतमा हरेक वर्ष अपि नाम्पा संरक्षण क्षेत्रबाट छुट पूर्जी जारी भएर छ देखि आठ क्वीन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको थियो । यार्सागुम्बा सङ्कलनको लागि हरेक वर्ष जिल्लाका पाटनमा पाँचदेखि १० हजार सङ्कलक जाने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लाको अपि हिमालको लोलु, रोखापु, सात गङ्गा चाइमटेला, धरमघर, काटै, क्षत्ति, ब्यासको अपिफेद, दूधीवनलगायतका दर्जन बढी ठाउँमा यार्सागुम्बा पाइने गर्छ् । यार्सागुम्बा सङ्कलनको लागि यहाँका विद्यालयसमेत एक महीनाका लागि बन्द हुनेगर्छ ।