१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

कृषिको बजारीकणका लागि किसान बजार

कृषिको बजारीकणका लागि किसान बजार
अ अ+ अ-

पोखरा । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्षयका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो । महानगरमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो संरचना निर्माणका लागि पोखारा महानगरपालिकाले रु दश लाख उपलब्ध गराएको थियो ।

महानगरप्रमुख मानबहादुर जिसीले कृषिको उत्पादन र बजारीकरणलाई जोडने लक्षयका साथ यस्तो बजार सञ्चालनमा ल्याइएको बताउँदै यसबाट उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । बजारको भरपुर उपयोग गरी किसानलाई प्रोत्साहन गर्न उपभोक्तालाई आग्रह गर्दै उहाँले प्राङ्गारिक उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । महानगर कृषि तथा पशुविकास महाशाखाका प्रमुख मनोहर कडरियाले महानगरपालिकाका– विभिन्न पाँच स्थानमा बजार स्थापन गरिने योजना रहेको जानकारी दिँदै त्यसका लागि रु एक करोड विनियोजन गरिएको छ भन्नुभयो ।

बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालनमा आउने उक्त बजारमा दूधजन्य पदार्थका साथै बिरुवा, तरकारी, खाद्यान्नलगायत ग्रामीण क्षेत्रमा उत्पादित सामान बिक्री वितरण गरिने बजार व्यवस्थापन समितिका संयोजक चुडामणि बरालले जानकारी दिनुभयो ।