१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति मिसनमा जाने सेनाको भत्ता बढ्यो (विज्ञप्ति सहित)



अ+ अ-

काठमाडौं । नेपाली सेनाबाट शान्ति मिसनमा जाने सैनिकको भत्ता वृद्धि गरेको छ । सैनिक ऐन २०६३ बमोजिम गठिन सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले भत्ता बढ्ने निर्णय गरेको हो।

सोमबार बसेको बैठकबाट मिसनमा गएका सिपाहीले प्रति महिना पाउने १०२९ अमेरिकी डलरमा ८५ डलर वृद्धि गरी १११४ डलर पुर्याएको छ भने गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १३७८ अमेरिकी डलर २१ डर वृद्धि गरी १३९९ डलर कायम गरिएको छ।

यसरी वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्न जान्छ।

व्ययभार बढ्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाले जनाएको छ। यसरी वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुनेछ।